ओखलढुंगाकाे एमाले जिल्ला कमिटी नेकपामा समाहित, अम्बिरलाई दिइयाे टिकट

मूलखबर संवाददाता
काठमाडौं, ६ माघ

ओखलढुंगाका पूर्व प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङसहित एमाले ओखलढुंगा जिल्ला कमिटी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित बनेको छ।

यसअघि प्रदेशसभा निर्वाचन जितेर कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत रहेका गुरुङले २०७९ को निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

नेकपाले उनलाई प्रतिनिधिसभा निर्वाचनका लागि टिकटसमेत प्रदान गरेको छ।

ओखलढुंगामा एमालेले आफूलाई टिकट नदिएर अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका गुरुङले विद्रोह गर्दै एमाले छाडेका हुन् ।

एमाले त्यागेलगत्तै गुरुङले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिने निश्चित भएको छ ।

सो पार्टीले यसअघि रामकुमार कार्कीलाई उम्मेदवार बनाउने घोषणा गर्दै टिकट दिइसकेको थियो । तर एमालेबाट असन्तुष्ट बनेर आएका गुरुङलाई पार्टीले आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेपछि कार्कीको ठाउँमा गुरुङले टिकट पाएका हुन् ।