प्रचण्ड रूकुममा, ओली झापामा उमेदवारी दर्ता गर्दै, अरू कता ?
नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पसर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज रूकुम पुर्वबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनमा उमेदवारी दर्ता गर्दैछन् भने सहसंयाेजक तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले राैतहट क्षेत्र नं २ बाट उमेदवारी दर्ता गर्दैछन् ।
त्यसैगरी नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी ओलीले झापा ५ बाट उमेदवारी दर्ता गर्दैछन् ।
नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बशादसर देउवा भने यसपटक निर्वाचन नलड्ने भएका छन् । जेनजी आन्दोलनमा घाइते समेन भएका देउवा पछिल्लोपटक विशेष महाधिवेशनबाट पार्टी सभापतिबाटै अपदस्तमा परेपछि निर्वाचन नलड्ने निर्णयमा पुगेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीबाट चुनावमा उमेदवखरी दर्ता गर्दैगर्दा रास्ववा सभापति तथा पसर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले चितवन २ मा उमेदवारी दर्ता गर्दैछन् ।
रास्वपामा प्रधानमन्त्री पद सुनिश्चित गरी प्रवेश गरेका काठमाडौं मेयर वालेन शाहले केपी ओलीसँग प्रतिस्पर्धा गर्न झापा ५ मा उमेदवारी दर्ता गर्दअेछन् भने भरतपुर महानगरकी मृयर रेणु दाहालले चितवन ३ मा र धरान उपमहानगरपालिका मेयर हर्क साङपाङले सुनसरीमा उमेदवारी दर्ता गर्दैछन् ।




