लमजुङमा नेकपाले हरिजंग तामाङलाई बनायो प्रतिनिधिसभा उमेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले युवा नेता हरिजङ् तामाङलाई उम्मेदवार बनाएको छ ।
उनले पार्टीको तर्फबाट गण्डकी प्रदेश इन्चार्ज दिननाथ शर्माको हातबाट संयोजक पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर भएको उमेदवार टिकट लिएका हुन् ।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार उनलाई उम्मेदवारको टिकटको निश्चित गरेका थिए। प्रचण्ड उमेदवार मनोनयनको लागि पुर्वी रुकुम प्रस्थान गरेकाले उनलाई प्रदेश इन्चार्ज शर्माले टिकट हस्तान्तरण गरेका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश सदस्य रहेको तामाङ प्रदेश अस्पताल लमजुङ्गका निवर्तमान अध्यक्ष, नेपाल तामाङ घेदुङ गण्डकीको पनि निवर्तमान अध्यक्ष पनि हुन । तामाङले कानुन विषयमा स्नातक गरिसकेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा पिएडीका लागि एम।फिल गरिरहेका छन् ।
तामाङ नेकपा भित्र जनपक्षिय, बैचारिक एवम विकासप्रेमी नेताको रुपमा परिचित छन् । तामाङ पार्टी भित्र निष्ठावान तवरले अविचलित रुपमा आम नागरिकका पक्षमा अहोरात्र खटीरहने नेताको पहिचान बनाएका छन् ।
तामाङ विभिन्न् सामाजिक संघ संस्थाहरुमा नेतृत्वदायी भुमिका निर्वाह गरेका एक असल र इमान्दार युवा नेताको छवी बनाएका छन् । यस अघी स्थानिय तहको निर्वाचनमा बेशीशहर नगरपालिकामा उपमेयरको निर्वाचनमा प्रतिस्पर्धा गरेका तामाङको उमेदवारीले युवाहरुमा नयाँ उत्साह ल्याएको छ ।




