अब आशंका छाडाैं, निर्वाचनको तयारीमा लागाैं : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, २ माघ

नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले अब चुनाव हुन्न की भन्ने आशंका छाडेर चुनवकाे सम्पूर्ण तयारीमा लाग्नुपर्ने बताएका छन् ।

भरतपुर महानगरपालिकाकाे नवनिर्मित प्रशासकिय भवनकाे उद्घाटन गर्दै प्रचण्डले चुनाव कुनै पनि कारणले नराेकीने बताए  । उनलेे भने- `मैले त टिकट बाँड्न शुरू गरिसकेँ ।´

उनलेे सरकार पनि निर्वाचनको तयारीमा सरकार पनि गम्भीर देखिएकाे बताए । उनलेे भने- मैले सरकारको जे कुरा बुझेको छु, राजनीतिक दलहरू जसरी अगाडि बढेका छन् र जनता पनि अब विस्तारै चुनावी मानसिकतातिर अगाडि बढिसकेको हुनाले चुनाव हुन्छ । म तपाईंहरू सबैलाई पनि हुन्छ कि हुँदैन भन्ने प्रश्न मनमा ल्याउनुभन्दा चुनावको राम्रो तयारीमा अगाडि बढ्न अपिल गर्न चाहन्छु । चुनाव हुन्छ । चुनाव हुनै पर्छ । अर्को कुनै विकल्प यो देशका लागि अहिले छैन । अर्को विकल्प असहज र अर्को दुर्घटना निम्त्याउने कार्य बन्न पनि सक्छ ।´