निर्वाचन सर्दैन : सञ्चारमन्त्री
कांग्रेस विवादले निर्वाचन सर्ने चर्चा सहि नभएको सञ्चारमन्त्री जगदिश खरेलले बताएका छन् ।
सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनको निर्वाचन नसर्ने बताएका हुन् ।
मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीले कांग्रेस विवादले निर्वाचन र मनोनयनको मिति सर्छ भनेर सोधेको प्रश्नको जवाफमा प्रवक्ता खरेलले निर्वाचन नसर्ने बताएका हुन् ।




