देउवा कांग्रेसकाे दावी : ८८५ प्रतिनिधिकाे हस्ताक्षर फिर्ता
नेपाली कांग्रेसकाे विवादले निर्वाचन आयाेग परिसर तातेकाे छ । विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरबीचकाे विवादले कांग्रेस फुटेपछि आधिकारिकता विवादले दुबै पक्ष निर्वाचन आयाेग पुगेका छन् ।
शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको भनिएका ८ सय बढी प्रतिनिधिहरूको हस्ताक्षर फिर्ताको कागजात निर्वाचन आयोगमा बुझाएको छ ।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा केन्द्रीय कार्यसमिति गठन गरेको दुई दिनपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आयोगमा ८८५ प्रतिनिधिहरूको हस्ताक्षर फिर्ताको प्रमाण बुझाएको दाबी गरेको हो ।




