नविल बैंककाे अध्यक्षमा निर्वाण चाैधरी चयन

मूलखबर संवाददाता
काठमाडौं, २८ पुस

नबिल बैंकको अध्यक्षमा विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरी छानिएका छन् । बैंकको साधारण सभामा उनलाई अध्यक्ष बनाउन राखिएको प्रस्ताव पारित भएको पढेर सुनाइएको थियो ।

यसअघि उपेन्द्रप्रसाद पौडेल बैंक अध्यक्ष थिए । दुई कार्यकाल पूरा गरेकाले उनलाई अध्यक्षबाट बिदा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आन्तरिक रुपमा वरिष्ठ कर्मचारीहरुलाई पठाएको सर्कुलरमा लेखिएको छ ।

यसअघि सोही बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका अनिलकेशरी शाहलाई सदस्यमा नियुक्त गरिएको छ । गत फागुनमा गभर्नर बन्न ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि मनोज ज्ञवाली सिईओ नियुक्त भएका हुन् । ढुंगानालाई चौधरीको कोलम्बोस्थित युनाइटेड बैंकमा सञ्चालक बनाइएको छ ।