विश्वकपमा नेपालको खेल वानखेडे स्टेडियमबाटै हेर्न पाउने ‘पहिलो चरणका विजेता सार्वजनिक
सिजी ब्रान्डले गर्यो आईसीसी टी–२० पुरुष विश्वकपमा नेपालको खेल वानखेडे स्टेडियमबाटै हेर्न पाउने ‘पहिलो चरणका विजेता सार्वजनिक
काठमाडौँ – नेपालको सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी ब्रान्डले आफ्नो ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा #LevelUP!withCG उपहार योजना अन्तर्गत ‘पहिलो चरणका विजेताहरू सार्वजनिक गरेको छ।
आगामी आईसीसी टी–२० पुरुष विश्वकप (ICC T20 Men’s World Cup) लाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी हजारौं ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथा द्वारा पहिलो चरणका लागि दुई जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ। यस पहिलो चरणको डिजिटल गोलाप्रथा मार्फत काभ्रेका श्री केदार भुजेल र झापाका श्री चन्द्र श्रेष्ठ विजेता बन्न सफल हुनुभएको छ।
• श्री केदार भुजेलले सिजी डिजिटल, बनेपाबाट सिजी ब्रान्डको वासिङ मेसिन खरिद गरी सहभागिता जनाउनुभएको थियो।
• श्री चन्द्र श्रेष्ठले न्यु ए वन सप्लायर्स, बिर्तामोडबाट सिजी ब्रान्डको माइक्रोवेभ ओभन खरिद गर्नुभएको थियो।
कम्पनीका अनुसार दुवै विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गर्नुभएको छ। यस भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, विजेताहरूले मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत प्राप्त गर्नेछन्।
कम्पनीले यो पहिलो चरण मात्र भएको र योजना अझै जारी रहेको जानकारी गराएको छ। आगामी दिनमा थप विजेताहरू घोषणा गरिने हुँदा योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा आधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट www.cgdigital.com.np तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सामान खरिद गरी ३१००३ मा SMS पठाउनुपर्नेछ। (SMS Format: CG <space> Warranty Card No <space> Product Name <space> Customer Name <space> Address टाइप गरी 31003 मा पठाउनुपर्नेछ।)
४० वर्षदेखि नेपाली बजारमा सेवा दिँदै आएको सिजी ब्रान्डले आफ्ना ग्राहकवर्गको निरन्तर विश्वासप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता योजनाहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।




