राष्ट्रिय सभाका रिक्त १८ सिटका लागि ४४ जनाको उम्मेदवारी, काे काे छन् ?
आगामी माघ ११ गते हुन लागेकाे राष्ट्रिय सभाकाे निर्वाचनकाे लागि रिक्त १८ सिटका लागि ४४ जनाको उम्मेदवारी परेको छ । नेपाली कम्युनिस्ट पार्टीले एकल उमेदवारी दर्ता गर्दा नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी दलले भने गठबन्धन गरेर उमेदवारी दिएका छन् । जसमा कोशीबाट कांग्रेसका सुनील थापा निर्विरोध भएका छन् ।
कहाँ कसको उम्मेदवारी ?
कोशी : एमालेबाट रोशनी मेचे र नेकपाबाट नमिता न्यौपाने (महिला), एमालेबाट सोमनाथ पोर्तेल र नेकपाबाट खेमराज नेपाली (दलित), कांग्रेसका सुनील थापा निर्विरोध (अन्य)
मधेश : जसपा नेपालकी चन्द्रकलादेवी साह, एमालेकी रेखाकुमारी झा र नेकपाकी समीकुमारी अग्रवाल (महिला), जसपा नेपालकी चमेलीदेवी दास, कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी (दलित) कांग्रेसका रञ्जित कर्ण, नेकपाका रामनन्दन प्रसाद र जसपा नेपालका शैलेशकुमार चौधरी (अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय), लोसपाका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल (अन्य)
बागमती : कांग्रेसकी गीता देवकोटा, नेकपाकी सरोजकुमारी झा र नेमकिपाकी कविता महर्जन (महिला), नेमकिपाका विक्रम ढुकुछु, एमालेका प्रेमप्रसाद दंगाल र नेकपाका प्रेमप्रसाद सापकोटा (अन्य)
गण्डकी : नेकपाकी गोमा लुइँटेल घिमिरे, जनमोर्चाकी लक्ष्मी बाँस्कोटा, एमालेकी सम्झना देवकोटा (महिला), नेकपाका कपिल लामा, कांग्रेसका जगत तिमिल्सिना र जनमोर्चाका शंकरप्रसाद बराल (अन्य)
लुम्बिनी : एमालेकी रामकुमारी झाँक्री, नेकपाकी दुर्गाकुमारी भण्डारी र जनमोर्चाकी पद्मा पण्डित (महिला), कांग्रेसका वासुदेव घिमिरे र नेकपाका सर्जन विक (अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय), कांग्रेसका चन्द्रबहादुर केसी, नेकपाका वृहस्पति अधिकारी र जनमोर्चाका बोमबहादुर खत्री (अन्य)
कर्णाली : एमालेकी मीनासिंह रखाल र नेकपाकी अञ्जु महतरा (महिला), कांग्रेसका ललितजंग शाही र नेकपाका बुद्धिप्रसाद शर्मा (अन्य)
सुदूरपश्चिम : एमालेकी लीलाकुमारी भण्डारी र नेकपाकी रोजी बस्नेत (महिला), कांग्रेसका खम्मबहादुर खाती र नेकपाका टीकाराम जैसी (अन्य)




