कुलमान घिसिङले दिए मन्त्री पदबाट राजिनामा
अन्तरिम सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ, सहरी विकास र भाैतिक पुर्वाधार मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजिनामा दिएका छन् ।
उनले राजिनामा प्रधानमन्त्री शुशिला कार्कीलाई बालुवाटारमा बुझाएर बुधबार राती ९ बजे पत्रकार सम्मेलन गरेका थिए ।
जेनजी आन्दोलनपछि विघटन गरिएको प्रतिनिधिसभाकाे निर्वाचन गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारका मन्त्री घिसिङले उज्यालो नेपाल पार्टी गठन गरेका थिए ।

नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएपछि जनस्तरबाट पटक–पटक प्रश्न उठेपछि स्वयं प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी कुरा मिडियामा आएको थियाे ।
यस विषयमा सञ्चार मन्त्री जगदिश खरेलले प्रधानमन्त्रीले त्यसाे नभनेको बताउँदै बचाउ गरेका थिए ।




