नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी शपथ पुस २९ गते
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी घोषणा पुस २९ गते हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार साँझ अबेर सकिएको नेताहरूबीचको परामर्श बैठकले पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको हो।
केन्द्रीय कमिटी घोषणा र शपथ कार्यक्रम पुस २९ मा हुने नेकपा प्रवक्ता अग्रिप्रसाद सापकोटाले जानकारी दिए । १७ घटक एकतापछि बनेको केन्द्रीय समिति करिब २५०० हुनेछ । केन्द्रीय कार्यसमिति भने ६०१ सस्यीय हुनेछ । पार्टीको बाँकी संगठनात्मक संरचना पनि पुस २९ गतेभित्र तयार गरिसक्ने निर्णय भएको नेता अग्नि सापकोटाले जानकारी दिए।
‘आगामी २९ गते सबै केन्द्रिय सदस्यहरुको शपथग्रहण समारोह हुनेछ । आन्तरिक, संगठनात्मक कुराहरु तदारुकताकासाथ गर्ने र २९ गतेसम्म संगठनात्मक संरचनाहरु सबै तयार गरिसक्ने निर्णय भएको छ,’ उनले भने।




