संयुक्त राष्ट्र संघ सुरक्षा परिषदकाे बैठक बस्ने तयारी
अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई अपदस्थ गरेपछि यस विषयमा छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् सोमबार बस्ने तयारी गरिएको छ।
कूटनीतिज्ञहरूका अनुसार कोलम्बियाको अनुरोधमा सुरक्षा परिषद्को बैठक बोलाउन लागिएको हो, जसलाई रुस र चीनले समर्थन गरेका छन्।
पन्ध्र सदस्यीय सुरक्षा परिषदमा यस विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। अमेरिकाकाे यस कदमलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले “खतरनाक नजिर” स्थापना गर्ने कदमका रूपमा टिप्पणी गरेका छन् ।




