बुद्ध एयरकाे विमान भद्रपुर विमानस्थलमा रनवेमा चिप्लिएर दुर्घटनाग्रस्त, यात्रु सकुशल
शुक्रबार राति काठमाडौंबाट झापा गएकाे बुद्व एयरकाे विमान भद्रपुरकाे रनवेमा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ ।
झापाको भद्रपुर विमानस्थलमा बुद्ध एअरको विमान रन वेबाट चिप्लिएर ३०० मिटर पूर्वपट्टी भासिएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट भद्रपुर गएको उक्त जहाज ल्यान्ड गर्ने क्रममा चिप्लिएको हो ।




