अमेरिकाले फिर्ता बाेलायाे नेपालसहित ३० देशका राजदूत

मूलखबर संवाददाता
काठमाडौं, ८ पुस

अमेरिकाबाट विभिन्न ३० देशमा रहेका राजदूतहरूलाई राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे आदेशमा फिर्ता बाेलाइएकाे छ ।

पुर्व राष्ट्रपति जाेन वाइडनकाे पालामा नियुक्त गरिएका राजदुतहरूलाई फिर्ता बाेलाइएकाे ट्रम्प प्रशासनले बताएको छ ।

नेपालसहित बुरुन्डी, क्यामरुन, केप भर्डे, गाबोन, आइभोरी कोस्ट, माडागास्कर, मोरिसस, नियजर, नाइजेरिया, रुवान्डा, सेनेगल, सोमालिया, युगान्डा, फिजी, लाओस, मार्सल टापु, पपुवा न्यू गिनी, फिलिपिन्स, भियतनाम, अर्मेनिया, म्यासेडोनिया, मोन्टेनेग्रो, स्लोभाकिया, अल्जेरिया, इजिप्ट, श्रीलंका, ग्वाटेमाला र सुरिनामका राजदूतलाई फिर्ता बोलाएको विदेश सचिव मार्को रुबियोले वासिङ्टन डीसीस्थित स्टेट डिपार्टमेन्टमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पूर्वराष्ट्रपति जो बाइडेन कार्यकालमा नियुक्त गरिएका अरू राजनीतिक नियुक्तिहरु पनि खारेज गर्न सक्ने सम्भावना रहेको विदेश सचिव रुबियोले बताएको समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेको छ । राजदूतको कार्यकाल अवधि सामान्यतया ३ देखि ४ वर्ष हुने भए पनि राजनीतिक नियुक्ति भएकाले राष्ट्रपति प्रशासनले कुनै पनि समयमा फिर्ता बोलाउन सक्ने प्रावधान रहेको रुबियोले बताए ।

नयाँ राजदूत नियुक्तिबारे विदेश मन्त्रालयलाई ट्रम्प प्रशासनले हालसम्म कुनै जानकारी दिएको छैन ।