उत्तरी अफगानिस्तानमा भूकम्प, कम्तीमा आठको मृत्यु, १८० घाइते
उत्तरी अफगानिस्तानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे छ । अफगानिस्तानको मजार–ए–सरिफ नजिकको खोल्म क्षेत्रमा स्थानीय समयअनुसार राति १ बजे भूकम्प गएको थियो ।
भूकम्पमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार अरू १८० जना घाइते भएका छन् । उद्धार कार्य जारी रहेकोले मृतकको सङ्ख्या अरू बढ्न सक्ने अनुमान गरिएको छ ।
जमिनबाट २८ किमी मुनि केन्द्रबिन्दु रहेको भूकम्पको झट्का ६ दशमलव ३ म्याग्निच्यूड मापन गरिएको अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजिएस)ले भनेको छ । भूकम्पपछि अरेञ्ज अलर्ट जारी गरिएको थियो । अधिकांश घाइतेलाई ठुला भवनबाट खसेर चोटपटक लागेको बताइएको बाल्ख प्रान्तका तालिबान प्रवक्ता हाजी जैदले बताए ।




