तामिलनाडुमा विजयकाे चुनावी र्यालीमा भागदाैड हुँदा ३६ काे मृत्यु

मूलखबर संवाददाता
काठमाडौं, ११ असाेज

भारतकाे तमिलनाडुको करुरमा अभिनेता विजयको र्‍यालीमा सहभागी भएका समर्थकहरूबीच भागदौडमा परी ३६ जनाको मृत्यु भएको छ। साे क्रममा ४० भन्दा बढी घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेताबाट राजनीतिज्ञ बनेका विजयको पार्टी तमिलगा भेट्टी कझगम (टीभीके) को र्‍यालीमा ठूलो संख्यामा मानिसहरू भेला भएका थिए।

९ वर्षीया बालीका बेपत्ता भएको खबरपछि खाेजीकाे क्रममा भागदाैड मच्चिएको थियाे ।

मृतकमा १६ महिला र ८ बालबालिका रहेको तमिलनाडुका स्वास्थ्यमन्त्री एम.ए. सुब्रमण्यमले बताएका छन्। दुर्घटनामा ५८ जनाभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ।

साे क्रममा ९ वर्षीया बालिका बेपत्ता भएपछि  विजयले प्रहरी र उनका समर्थकहरूलाई उनलाई खोज्न मञ्चबाटै अपिल गरेका थिए ।

भिडमा फसेका कारण धेरै मानिसहरूलाई सास फेर्न गाह्रो भयो र धेरै मानिसहरू र कार्यकर्ताहरू बेहोस हुन थाले। अवस्था बिग्रँदै गएको देखेर विजयले आफ्नो भाषण रोके र मानिसहरूलाई शान्तिका लागि अपिल गरे।