एआई, पानी र मानव जिवन
कृत्रिम बाैद्विकता अर्थात AI आज मानव जातिकाे जिवनकै अभिन्न अंग बनिरहेको छ । साना विषयदेखि आविष्कारसम्ममा एआईकाे प्रयाेग भइरहेको छ । शिक्षा क्षेत्रमा एआईकाे प्रयाेग अत्याधिक छ । साथसाथै स्वास्थ्य र सुचनाप्रविधिमा पनि एआईकाे प्रयाेग बढ्दाे छ । एआईकाे उपयाेगले मानिसको जिवन सहज मात्रै बनाइरहेको छैन यसले समस्याहरू पनि निम्त्याइरहेको छ । हामीले प्रयोग गरिरहेको प्रविधिबारे नबुझेका वा थाहा नपाएका केही तथ्यहरू छन्, जुन सुन्दा तपाईं पक्कै झस्किनुहुनेछ ।
यस्ता छन् तथ्यहरू :
AI ले तपाईंको एउटा प्रश्नको उत्तर तयार पार्न झण्डै १० देखि १५ चम्चा पानी प्रयोग गर्छ । यो पानी आफैंले पिउँदैन, तर डाटा सेन्टरमा चल्ने शक्तिशाली कम्प्युटरहरू चिस्याउन यो पानी प्रयोग गरिन्छ ।
दिनहुँ करोडौँ प्रश्नको उत्तर तयार गर्दा अर्बौँ लिटर पानी खपत भइरहेको छ, जुन भविष्यको जल संकटको कारण बन्न सक्छ । AI चलाउन लाखौँ GPU प्रयोग हुन्छन् । ती सबै चल्दा पनि अत्यधिक ताप उत्पन्न हुन्छ ।
त्यो ताप फेरि कूलिङ सिस्टममार्फत वातावरणमै फालिन्छ । जसले स्थानीय तापक्रम बढाउँछ र वातावरणीय सन्तुलन बिगारिरहेको छ ।
GPT-3 जस्तो एउटा AI मोडेल तयार पार्न करिब ५५० टन कार्बन डाइअक्साइड उत्सर्जन भएको छ जुन एउटै व्यक्तिले १४० वर्षसम्म कार चलाउँदा हुने उत्सर्जन बराबर हो र यस्ता सयौँ मोडेलहरू निर्माण भइरहेका छन् । अब सोच्नुस कार्बन उत्सर्जन कति भईराखेको छ ?
धेरै ठाउँमा ताजा पानी नपुगेर अब डाटा सेन्टरहरूले समुद्र वा नदीको पानी प्रयोग गर्न थालेका छन् । त्यो पानी चिस्याउने क्रममा तातो बनाइन्छ र फेरि फालिन्छ । यसले समुद्री जीवहरूको जीवनमा गम्भीर असर पारिरहेको छ । जसले पर्यावरणमा नै खतरा निम्त्याउने डर बढेको छ ।
GPU र चिप बनाउनका लागि दुर्लभ खनिजहरू निकालिन्छन् । त्यस क्रममा माटो, पानी र हावामा विषादी मिसिन्छ । विकसित देशहरूका धेरै भूभाग बन्जर भएका छन् र यसबाट मानिसहरूको जीवनशैली संकटमा परेको छ ।
AI को लागि बनाइएका कम्प्युटर, बोर्ड, कूलिङ सिस्टम केही वर्षमै काम नलाग्ने हुन्छन् र ती फालिन्छन् । यसरी हजारौँ टन ई-फोहोर उत्पादन हुन्छ, जुन विषाक्त हुन्छ र नष्ट गर्न गाह्रो हुन्छ । यो संकट तीव्र गतिमा हुँदैछ ।
एउटा डाटा सेन्टर सञ्चालन गर्न एउटा सहरलाई चाहिने जति बिजुली खपत हुन्छ । अमेरिका र युरोपका केही सहरमा डाटा सेन्टरको कारण विद्युत् प्रणालीमा निक्कै ठूलो दबाब परेको छ । यसैकारणकतिपय ठाउँमा blackout को चेतावनीसमेत आएको छ ।
AI बाट केवल वातावरण मात्र होइन, तपाईंको व्यक्तिगत गोपनीयतामा पनि जोखिममा छ । तपाईंले दिएको जानकारी कहाँ प्रयोग हुन्छ, कसले पहुँच पाउँछ, कति समय रहन्छ ? भन्ने स्पष्ट छैन ।
AI एक प्रविधि त हो तर यो प्रकृति र जीवनशैलीमाथिको अर्को ठूलो चुनौती पनि हो । आज हामीले सचेतता अपनाएनौं भने भोलि सफा पानी, शुद्ध हावा र हरियाली केवल पुराना कथा बन्नेछन् । बिश्वलाई नै AI ले नै विनाश गरेर सक्नेछ ।
अन्त्यमा,
आधुनिक बिज्ञानको हरेक नयाँ आविस्कारमा पर्यावरण / वातावरणलाई व्यापक चुनौती छ र अन्त्यमा यसले नै मानव अस्तित्व सकेर नै छाड्नेछ ।
त्यसैले यसको समाधान हामिसंग छ । आधुनिक बिज्ञान हैन प्राचीन बिज्ञानमा फर्किने । जस्तै :
– chatgpt जत्तिकै sharp आफैं बन्ने प्रयत्न गर्ने
– ब्रह्माण्डबाट सिधा ज्ञान लिने
– रोबोट भन्दा बढी आफ्नो सीप बढाउने र smart बन्ने
– त्यो सबैको लागि शरीर बिज्ञानलाई चिन्ने
– शरीर पस्चात आत्मज्ञान बुझ्ने
एकपटक सोच्नुस त !!
– भक्तपुर, काठमाडौ , ललितपुरका ठूला मन्दिर र मुर्ती रोबोटले बनाएका हैनन , हाम्रै पुर्खाले बनाएका हुन् ।
– आयुर्वेद, ४ वेद र गिता, १८ पुराण AI ले लेखिदिएका हैनन हाम्रै पुर्खाले लेखेका हुन् ।
– हाम्रो शरीर भित्रका बिज्ञान र यो विश्व ब्रह्माण्ड AI ले बनाएको हैन प्रकृतिले बनाएको हो ।
अनि हामि कहाँ छौं रे ? AI को वशमा परेर , टेक्नोलोजी र बिज्ञान भन्दै आफ्नो पूर्ण क्षमतालाई भुलिराखेका छौं कि छैनौं ?
त्यसैले प्रकृतिलाई चिन , प्रकृतिलाई बुझ र आफ्नो शरिरको तथा ब्रह्माण्डको बिज्ञानलाई बुझ । भौतिकतामा र आधुनिक बिज्ञानमा जति अल्झन्छौ त्यति नै फस्दै जान्छौ । आफ्नो क्षमता पनि भुल्दै जान्छौ ।
#साभार #AI




