ब्राजिलमा ब्रिक्स शिखर सम्मेलन हुँदै, यस्ता छन् प्रमुख छलफलका विषय
सन २०२५ को ब्रिक्स शिखर सम्मेलन बजिलको रियो दि जेनेरियोमा आयोजना हुँदैछ । ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको संयुत्त संगठन ब्रीक्सको शिखर सम्मेलनलाइ विश्वभरी चासोका साथ हेरिएको छ । २०२५ जुलाई ६ देखि ७ सम्म ब्राजिलको रियो डि जेनेरियोमा आयोजना गरिएको शिखर सम्मेलन अत्यधिक प्रतीक्षित कार्यक्रम पनि हो । यस सम्मेलन व्यापार तथा लगानी सहजता, कृत्रिम बौद्धिकताको नियमन, जलवायु परिवर्तनको सामना, सार्वजनिक स्वास्थ्यमा सहकार्य, र संस्थागत विकासजस्ता प्रमुख विषयहरूमा केन्द्रित हुने बताइएको छ ।
सम्मेलनमा सदस्य राष्ट्रहरू र साझेदार देशका नेताहरूले आर्थिक सम्बन्ध सुदृढ गर्ने रणनीति, विश्वव्यापी वित्तीय संस्थाहरूमा सुधार, र भू(राजनीतिक चुनौतीहरूको समाधानबारे छलफल गर्ने पनि आंकलन गरिएको छ ।
विश्वको बहुध्रुवीयता सुनिश्चित गर्नु, आर्थिक सहयोग, विकासशील राष्ट्रहरूको हित संरक्षण र अन्तर्राष्ट्रिय प्रणालीमा सन्तुलन कायम गर्नु। आर्थिक तथा राजनीतिक सहयोग बढाउनु ब्रीक्सको मुख्इ उद्धेश्य रहेको छ ।
बीआरआईसीएस ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको संक्षिप्त रूप हो, जसले विश्वका प्रमुख उदाउँदो अर्थतन्त्रहरूलाई प्रतिनिधित्व गर्छ। सन् २००९ मा यसको औपचारिक स्थापना भए पनि यसको पहिलो अनौपचारिक बैठक सन् २००६ मा भएको थियो। दक्षिण अफ्रिका सन् २०१० मा पाँचौँ सदस्यका रूपमा सहभागी भएपछि यस समूहले विश्वको भू(राजनीतिक सन्तुलनमा अझ गहिरो प्रभाव पार्न थालेको छ। बीआरआईसीएसको मुख्य उद्देश्य भनेको विकासशील राष्ट्रहरूबीच आर्थिक, राजनीतिक र प्राविधिक सहकार्यलाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय संस्थाहरूमा सुधार ल्याउनु, साझा हित संरक्षण गर्नु, र बहुध्रुवीय विश्व प्रणालीको स्थापनामा टेवा पुर्याउनु हो।
आज बीआरआईसीएस विश्व जनसंख्याको करिब ४० प्रतिशत हिस्सा ओगटेको छ र विश्व अर्थतन्त्रमा २५ प्रतिशतभन्दा बढी योगदान पुर्याइरहेको छ। यसले नयाँ विकास बैंक स्थापना गरेर सदस्य राष्ट्रहरूलाई पूर्वाधार निर्माणका लागि वित्तीय सहायता उपलब्ध गराउँदै आएको छ। साथै, आपतकालीन मुद्रा सहायता संयन्त्रको माध्यमबाट आर्थिक संकटमा सहयोग उपलब्ध गराउने व्यवस्था पनि गरेको छ।
बीआरआईसीएस वार्षिक शिखर सम्मेलनमार्फत सदस्य राष्ट्रबीच आपसी विश्वास र सहकार्यलाई सुदृढ पार्दै आएको छ। बीआरआईसीएसले विकासोन्मुख राष्ट्रहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा बलियो बनाउँदै आएको छ। विश्व राजनीति र अर्थतन्त्रमा पश्चिमी मुलुकहरूको प्रभुत्वलाई सन्तुलनमा ल्याउन बीआरआईसीएस एउटा प्रभावशाली शक्तिको रूपमा उदाउँदै गएको देखिन्छ।




