ट्रम्पकाे धम्कीपछि इरानी राष्ट्रपतिले गरे इजरायलविरूद्व युद्धको घाेषणाा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिनासर्त आत्मसमर्पण गर्न धम्की दिएपछि इरानका सर्वोच्च नेता आयतुल्लाह अली खोमेनीले जवाफमा युद्धको घोषणा गरेका छन् । खोमेनीले मंगलबार राति सामाजिक सञ्जाल एक्समार्फत इजरायलविरुद्ध युद्धको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘युद्ध सुरु भयो । हामी आतंकवादी इजरायललाई कडा जवाफ दिन्छौं । उनीहरूविरुद्ध कुनै दया देखाउने छैनौं ।’ उनले इजरायलसँग कुनै पनि सम्झौता नगर्नेसमेत बताएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा पोस्ट गर्दै बिनासर्त आत्मसमर्पण गर्न इरानलाई धम्की दिएका थिए । उनले इरानका सर्वोच्च नेता खोमेनी कहाँ लुकेको भन्ने जानकारी आफूहरूलाई भएको र उनलाई निसाना बनाउनु कुनै ठूलो कुरो नभएको बताएका छन् । ट्रम्पले लेखेका थिए, ‘तथाकथित सुप्रिम लिडर कहाँ लुकेका छन्, हामीलाई राम्रोसँग थाहा छ । उनी एक सहज निसाना हुन् । तर अहिलेलाई भने उनी सुरक्षित छन् ।’
ट्रम्पको चेतावनीपछि खोमेनीले जवाफमा युद्ध घोषणा गरेका हुन् । खामेनेईको युद्ध घोषणालगत्तै इरानले इजरायलमाथि २५ मिसाइल प्रहार गरेको छ । इरानी मिडियाका अनुसार इरानको सैन्य शाखा आईआरजीसीले बुधबार बिहान इजरायलमा फतह मिसाइल प्रहार गरेको थियो । युद्धमा फतह–१ को प्रयोग गरिएको यो पहिलो पटक हो ।



