सरकारी सवारीसाधन नीजि काममा एक दिन प्रयाेग गरेपछि अष्ट्रेलियाकी मन्त्रीले दिइन् राजिनामा

मूलखबर संवाददाता
काठमाडौं, २५ माघ

अस्ट्रेलियाकी यातायात मन्त्रि माननीय जो हेल्यानले आफ्नो मन्त्री पदबाट राजिनामा दिएकी छिन्। उनले गत जनवरी २५ मा हन्टर भ्यालीमा आयोजना गरिएको एक निजी पारिवारिक दिवा भोजमा आफ्नो मन्त्रालयको सवारी साधन र चालक सुबिधा लिएको कारण आलोचना भएपछि राजिनामा दिएकी हुन् ।

उनले आफुबाट गल्ती भएको भन्दै गल्ती स्वीकार गरि राजिनामा गरेकाे बताएकी छिन् ।

उनले अस्ट्रेलिया दिवसको पूर्व सन्ध्यामा आयोजित भोजमा आफु र आफ्ना आफन्तका लागि सरकारी चालक सुबिधा लिएकोमा आलोचना भयो। उनले अस्ट्रेलियाका जनता र करदाताको अबमुल्यन गरेकोमा आलोचना भयो र मुख्यमन्त्री क्रिस मिन्सले राजिनामा दिन लगाए।

उनले आफुले गल्ति गरेको स्वीकार गर्दै भनिन “मानिस पूर्ण हुदैनन् , मैले गल्ति गरे , अघिल्लो सरकार भन्दा हामीले राम्रो गर्नु छ त्यसकारण म राजिनामा दिन्छु। उनलाई उनका बच्चालाइ खेलकुद मैदान सम्म लैजान सरकारी चालक सुनिधा लिएको पनि आरोप लाग्यो।

उनले भनिन – मैले कहिलेकाही आमाको जिम्मेवारीमा रहेर मेरा श्रीमान्लाइ पालो दिँदा म राज्यको मन्त्रि हु भन्ने बिर्सेछु। त्यो मेरो कमजोरी थियो। उनले आफुले मन्त्रीको जिम्मेवारीमा रहँदा राम्रो काम गरेको पनि बताइन। उनले सिड्नी रेलका कर्मचारीको यातायात ठप्प गरिदिने चेतावनी पनि व्यहोरिन।

उनले ४४६ किलोमिटर यात्रामा सरकारी सुबिधा निजि प्रयोजनको लागि गरेकाले ७५० डलर रकम पनि राज्यलाई तिर्ने प्रतिबद्दता पनि व्यक्त गरेकी छन्। अब उनी न्यु साउथ वेल्सको राज्य संसदमा पछिल्लो सिटमा बसेर सांसदकाे भूमिका निभाउने छिन् ।