मध्यपुर्वमा बढ्दै आशा : युद्धविरामको १२ दिनमा १५ बन्दी रिहा भए
मध्यपुर्वमा जारी युद्धको दिर्घकालिन अन्त्य हुने आशा बढेको छ । इजरायल र प्यालेष्टाइनबीच जारी युद्धमा विराम लागेको १२ दिन भएको छ । इजरायल र हमासबीच युद्धविरामको १२ दिनमा गजाबाट १५ बन्धक रिहा भएका छन्।
हमासले बन्धक रिहा गर्दा इसराइलले त्यहाँका जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई कैदमुक्त गर्नेछ।
४२ दिनको युद्धविराममा ३३ जना बन्धकमुक्त हुनेछन् भने २ हजार भन्दा बढी प्यालेस्टिनीहरूक कैदमुक्त हुनेछन्। बिहीबार बेलुकी हमासले एकैदिन ८ जनालाई बन्धकमुक्त गरेको थियो। योसँगै हमासको बन्धकबाट मुक्त हुनेको संख्या १५ पुगेको छ।
यसअघि माघ ६ गते युद्धविराम घोषणा हुँदा तीन महिला बन्धक छाडेको थियो। त्यसको एक सातापछि चार जनालाई बन्धकमुक्त गरेको थियो।
बिहीबार बन्धकमुक्त हुनेहरूमा तीन जना इसराइली र पाँच जना थाइल्याण्डका नागरिक छन्। तीन इसराइलीहरूमा २० वर्षीया अगाम बर्गर, २० वर्षीया अर्बेल यहुद र ८० वर्षीय गडि मोस मोजेस् छन्। अगाम इसराइली सेना हुन्।
बन्धकमुक्त हुने पाँच थाइ नागरिकहरूको नाम सार्वजनिक भएको छैन। यो साता दुई पटक हमासले बन्धक छाड्नेछ। उसले शनिबार पनि बन्धकहरू रिहा गर्ने बताइएको छ।