अमेरिकाकाे ४७ ओैं राष्ट्रपतिकाे रूपमा ट्रम्पले लिए सपथ, अवैध आप्रवासीमाथी कडा नीति
संसारकाे महाशक्ति राष्ट्र अमेरिकाकाे ४७ ओैं राष्ट्रपतिकाे रूपमा डाेनाल्ड ट्रम्पले सपथ लिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालका लागि शपथ ग्रहण गरेका हुन् ।
राजधानी वासिङटन डीसीमा आयोजित विशेष समारोहमा उनलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराएका हुन् । दोस्रोपटक विजयी बनेका ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति भएका हुन् ।
सपथपछि उनले आफ्नो कार्यकालकाे सम्पूर्ण याेजना सहितको महत्त्वपूर्ण घाेषणा समावेश भएको सम्वाेधन गरेका थिए ।
शपथपछि सम्बोधन गर्दै उनले अमेरिकाको सुनौलो दिन सुरु भएको बताए । उनको चर्चित चुनावी नारा ‘पहिला अमिरेका’ दोहोर्याएका थिए । आफ्नो कार्यकालमा अमेरिका अहिलेसम्मकै उत्कृष्ट बन्ने समेत उनले दाबी गरे ।
उनले भने, ‘अमेरिकाको अधोगति अन्त्य भएको छ । भगवानले मलाई अमेरिकालाई फेरि समृद्ध बनाउन बचाएका छन् ।’
उनलेे अमेरिकामा अवैधानिक बसाेवास गरेका मानिसहरूलाई हटाउनेदेखि मेक्सिको र पानामाकाे मार्गबाट भएको अवैध तस्करी पुर्ण रूपमा राेक्ने घाेषणा गरे । उनले मेक्सिको जाेडिएकाे भुभागमा संकटकाल लगाएर कानुनको पालना गर्ने र आतंकवाद र अपराधिकणकाे निर्मुल पार्ने उदघाेष गरे ।