दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेश गर्न निर्देशन

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकाससम्बन्धी विधेयक संसदमा पेश गर्नका लागि आवश्यक गृहकार्य जुट्न निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले संसदको हिउँदे अधिवेशनभित्र संसदमा विधेयक पेश गर्नेगरी गृहकार्यमा जुट्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति कमला पन्तले सरकारलाई निर्देशन दिनुहुँदै विधेयक निर्माणका लागि समितिले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले समिति दलित समुदायको अधिकारसम्बन्धी विधेयक निर्माणका लागि आवश्यक गृहकार्य गरिरहेको र उक्त गृहकार्यलाई प्रतिवेदनको रुपमा बुझाउने जानकारी दिनुभयो ।

बैठकमा दलित समुदायको अधिाकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धमा सङ्कल्प प्रस्ताव कार्यान्वयनको अनुगमन उपसमितिबाट प्राप्त प्रतिवेदन उपर छलफल भएको छ ।