पुर्व सभामुख दमननाथ ढुंगानाकाे निधनमा सर्वत्र दुःख व्यक्त, नेताहरूद्वारा शाेक सन्देश जारी
पुर्व सभामुख दमननाथ ढुंगानाकाे हिजाे मंसिर २ गते निधन भएको छ । नेपाली कांग्रेसका नेता समेत रहेका पुर्व सभामुख ढुंगानाकाे निधनमा देशभरका मात्रै हाेईन विश्वभरका नेपालीहरू र कुटनैतिक क्षेत्रबाट समेत दुख व्यक्त भएको छ ।
ढुंगानाको निधनबाट स्तब्ध भएको भन्दै माओवादी केन्द्र का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक आन्दोलनका महत्त्वपूर्ण व्यक्तित्व, पूर्व सभामुख, मानवअधिकार तथा नागरिक आन्दोलनका अगुवाकाे याेदान स्मरणीय रहेकाे बताएका छन् ।
प्रचण्डले लेखेका छन्-
नेपालको लोकतान्त्रिक आन्दोलनका महत्त्वपूर्ण व्यक्तित्व, पूर्व सभामुख, मानवअधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुंगानाको निधनको खबरले दु:खी बनाएको छ।
नेपाल र नेपाली जनताले देशको राजनैतिक, तथा सामाजिक परिवर्तनमा उहाँले पुर्याएको योगदानलाई सदैव सम्झिरहनेछन।
उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारमा गहिरो समवेदना प्रकट गरेका हुन्।
त्यसैगरी उनकाे निधनमा राष्ट्रपति रामचन्द्र पाैडेल, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले पनि शाेक सन्देश जारी गरेका छन् ।