गण्डकी प्रदेश सांसद विमला गौचनको हृदयघातका कारण निधन

मूलखबर संवाददाता
काठमाडौं, २९ कात्तिक ।

गण्डकी प्रदेश सभा सदस्य सांसद विमला गौचनको निधन भएको छ।

डेंगु संक्रमण भएपछि उनी काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत गौचनको हृदयघातका कारण निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन्। गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो।

कांग्रेसका तर्फबाट समानुपातिक सांसद रहेकी उनको केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो। गौचन म्याग्दीबाट सांसद बनेकी हुन् हुन्।