गण्डकी प्रदेश सरकारलाई लालटिन बालेर खाेज्नुपर्ने बेला भयाे: गुरूङ

मूलखबर संवाददाता
पाेखरा

नेकपा माओवादी केन्द्रका नेता तथा संविधानसभाका सभासद राजकाजी गुरूङले कांग्रेस एमाले गठबन्धनको  गण्डकी प्रदेश सरकार खाेज्न लालटिन बालेर खाज्नुपर्ने बेला आएको बताएका छन् ।

कांग्रेस एमालेकाे दुइदलिय बैठककाे निर्णय प्रति कटाक्ष गर्दै गुरूङले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्- `गण्डकी प्रदेश सरकार सुतेर बसेको छ उस्लाई खोज्न अव लालटिन वालेर हिडनु पर्ने बेला आएको छ´

त्यसैगरी उनले आफ्नो दलका सांसद र मन्त्रीकाे घुष काण्ड र झगडा विर्सिएर उनीहरूले अरूलाई उपदेश दिएकाे भन्दै टिप्पणी गरेका छन् । उनलेे लेखेका छन्- `सत्तासिन दलका सांसद र मन्त्रीको घुसको विषयमा सार्वजनिक झगडा भएको कुरा विर्सिन्छ आफना भ्रष्टलाई जोगाउने र अरुलाई पारर्दिशता को कुरा सिकाउँछ ।´

हेराैं उनको स्टाटस

आज गण्डकी प्रदेशका सत्तासिन दुइ दल(कांग्रेस-एमाले) को बैठकका निर्णय हेर्दा यी कुरा अचम्मलाग्दो देखियो ।
१) अरुलाई संविधान र कानुनको पाठ सिकाउने २ दल आफु ले संविधानले नचिन्ने निकायको पाठ पढाउँछ।
२) अरुलाई अराजक गतिविधि भनि सत्तासिनको विरोध नगर नत्र पुलिस लगाई दिन्छु भनि धम्की दिन्छ । सत्तासिन दलका सांसद र मन्त्रीको घुसको विषयमा सार्वजनिक झगडा भएको कुरा विर्सिन्छ आफना भ्रष्टलाई जोगाउने र अरुलाई पारर्दिशता को कुरा सिकाउँछ ।
३) गण्डकी प्रदेश सरकार सुतेर बसेको छ उस्लाई खोज्न अव लालटिन वालेर हिडनु पर्ने बेला आएको छ अझ उस्को पक्षमा प्रचार गर्ने भन्छ अनि आवश्यक्ता ले होइन पार्टी मतको आधार मा विकास वाडौ भन्छ ।
त्यसकारण कृपया एक चोटी सफा ऐनामा अनुहार हेर्ने कि ?