बक्यौता नतिर्ने उद्योगमा काटिएको लाइन जाेड्ने प्राधिकरण समितिकाे निर्णय

मूलखबर संवाददाता
काठमाडौं, २७ कात्तिक

बक्यौता नतिरेका कारण विद्युुत प्राधिकरणले लाइन काटेका उद्योगहरूमा लाईन जाेड्ने निर्णय प्राधिकरणकाे सञ्चालक समितिले गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको हाे ।मंगलबार बसेको बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बताए ।

सरकारकाे आइतबारको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने र १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरको आधारमा बक्यौता महसुल उठाउने निर्णय गरेको थियो ।

प्राधिकरणले कात्तिक ८ मा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरको उद्योगको बिजुली काटेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिरेसम्म लाईन जाेड्न नहुने बताउँदै आएका छन् । उनलेे उद्योगहरूलाई ३२ किस्तामा बक्यौता तिर्ने सुविधा दिएकाे र केही उद्योगले किस्ता तिर्न शुरू गरिसकेको बताउँदै यत्तिकै लाइन जाेड्न नसकिने बताएका छन् ।