रवि लामिछानेलाई अझै १० दिन हिरासतमा राखिने, के गर्ला रास्वपा ?

मूलखबर संवाददाता
पाेखरा, २० कात्तिक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछाने तत्काल रिहा नहुने भएका छन् ।

सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएपछि उनको तत्काल रिहाइको सम्भावना टरेकाे हाे ।

कार्तिक २ गते पक्राउ गरी ल्याइएका रास्वपा सभापति लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले आज पुनः अदालतमा लामिछानेलाई उपस्थित गराएको हो ।

पहिलो पटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो। म्याद कात्तिक १४ गते सकिए पनि तिहार बिदा भएकाले आज म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

उनलाई रिहा गराउन रास्वपाले दबाब र्यालि र विराेध कार्यक्रम गरिरहेकाे छ । पाेखरामा रास्वपाकाे विराेध प्रदर्शनमा प्रहरीले दमन गरेको थियाे ।