कुलमान पछि नहटेपछि केही उद्योगले तिर्न थाले बक्यौता रकम

मूलखबर संवाददाता
काठमाडौं, १२ कात्तिक

बक्यौता रकम नतिर्ने उद्योगहरुको लाइन काट्ने निर्णयबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान पछि नहटेपछि बाध्य भएर केही उद्योगहरुले बक्यौता रकम तिर्न शुरु गरेका छन् ।

ट्रंक तथा डेडिकेटेड लाइनको महसुल रकम नतिरेकामध्ये केही उद्योगले किस्तामा तिर्न थालेका हुन्। बक्यौता रकम नतिर्ने उद्योगीहरुको लाइन नकाट्न प्रधानमन्त्री र उर्जामन्त्रीले दबाब दिँदा पनि कुलमानले निर्णयबाट पछि नहटेपछि उद्योगीहरु बक्यौता रबक तिर्न शुरु गरेका शुन् ।

नेपाल विद्युत प्राधिकरणका उप(कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आइतबारसम्म ११ वटा उद्योगले पहिलो किस्ता बुझाएका छन्। आइतबार मात्रै तीनवटा उद्योगले पहिलो किस्ता तिरेको उनले बताए। किस्ता बुझाएका उद्योगको नाम भने उनले खुलाएनन्।

प्राधिकरणले विद्युत महसुल बापतको बक्यौता नबुझाएको भन्दै बिहीबार राति ४३ उद्योगको लाइन काटिदिएको थियो। किस्ता बुझाउने उद्योगमा लाइन जोडिएको छ।