इजरायलद्वारा इरानमाथि आक्रमण, अन्तर्राष्ट्रिय कानुन उलंघन भयाे- इरान

मूलखबर संवाददाता
काठमाडौं

इजरायलले शनिबार बिहान इरानको सैन्य इलाकामा हवाई आक्रमण गरेको छ । प्यालेस्टाइनसँग लडिरहेको इजरायलले इरानमा आक्रमण गरेसँगै पश्चिम एसियामा तनाव चर्केको छ ।

इजरायली सुरक्षा फौज (आईडीएफ) ले इरानका सैन्य अखडाहरूमा ‘सटीक आक्रमण’ गरेको जनाएको छ ।

इरानले लेबनानस्थित इरान समर्थित समूह हेजबुल्लाहलक्षित आक्रमण गरेसँगै गत अक्टोबर १ मा इजरायलमाथि १ सय ८० वटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यसको जवाफमा शनिबार आक्रमण गरेको इजरायलको भनाइ छ ।

उक्त आक्रमण आफूविरुद्ध इरान र उसका साझेदारहरूले बारम्बार गरेका हमलाको जवाफ भएको इजरायलको दाबी छ ।

इरानले इजरायली आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको र आफ्नो भूमिको रक्षा गर्ने अधिकार रहेको प्रतिक्रिया दिएको छ ।