यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
माओवादी केन्द्रकाे खबरदारी सभाकाे तयारी कस्तो छ ? सडक जाम नगर्ने, पैसा खर्च गरेर मान्छे नल्याउने. माओवादी केन्द्रकाे खबरदारी सभाकाे तयारी कस्तो छ? सडक जाम नगर्ने, पैसा खर्च गरेर मान्छे नल्याउने. प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले गरेको भ्रष्टाचार र बेथितिकाे विरूद्व गर्न लागेकाे राजधानीमा विशाल जनप्रदर्शन र खबरदारी सभाकाे तयारी तिब्र पारेकाे छ ।. माओवादी केन्द्रले भाेली कात्तिक १० गते राजधानीकाे भृकुटीमण्डपमा खबरदारी सभा गर्न लागेकाे हाे । उसले सभामा ३० हजार भन्दा बढिकाे सहभागीता हुुने बताएको छ । माओवादी केन्द्रकाे राजधानी केन्द्रीत ३ प्रदेश बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशकाे मुख्य सहभागीता रहने जनाएको छ ।. सभा पुर्व बिहान ११:३० बजे सुन्धाराबाट र्याली र जुलुस शुरू हुने र १ बजे भृकुटीमण्डपमा खबरदारी सभा हुने बताइएको छ । जुलुस सुन्धाराबाट रत्नपार्क, बागबजार, पुतलीसडक, पद्माेदय मार्ग हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । जुलुसमा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य सहित तीनवटै प्रदेशका पार्टी सदस्य र सार्थक शुभचिन्तक जनसमुदायको सहभागीता रहने उपत्यका विशेष प्रदेश समिति अध्यक्ष जगत सिंखडाले जानकारी दिए ।. माओवादी केन्द्रले यसपटक सडक जाम नगर्ने र राजधानी बाहिरबाट पैसा खर्च गरेर मानिस नउतार्ने बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पाैडेलले बताए । उनले वागमती प्रदेशका उपत्यका बाहिरका जिल्लाबाट स्वस्फूर्त रूपमा मानिसहरू आउन सक्ने बताए । पार्टीले कसैलाई पनि बाध्यत्म्म रूपले नल्याउने उनले बताए ।. सभामा पार्टी अध्यक्ष प्रचण्डले विशेष सम्वाेधन गर्ने र कार्यक्रम ४ बजे समापन गरिने बताइएको छ ।.
माओवादी केन्द्रकाे खबरदारी सभाकाे तयारी कस्तो छ ? सडक जाम नगर्ने, पैसा खर्च गरेर मान्छे नल्याउने
मूलखबर संवाददाता
काठमाडौं, ९ कात्तिक
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले गरेको भ्रष्टाचार र बेथितिकाे विरूद्व गर्न लागेकाे राजधानीमा विशाल जनप्रदर्शन र खबरदारी सभाकाे तयारी तिब्र पारेकाे छ ।
माओवादी केन्द्रले भाेली कात्तिक १० गते राजधानीकाे भृकुटीमण्डपमा खबरदारी सभा गर्न लागेकाे हाे । उसले सभामा ३० हजार भन्दा बढिकाे सहभागीता हुुने बताएको छ । माओवादी केन्द्रकाे राजधानी केन्द्रीत ३ प्रदेश बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशकाे मुख्य सहभागीता रहने जनाएको छ ।
सभा पुर्व बिहान ११:३० बजे सुन्धाराबाट र्याली र जुलुस शुरू हुने र १ बजे भृकुटीमण्डपमा खबरदारी सभा हुने बताइएको छ । जुलुस सुन्धाराबाट रत्नपार्क, बागबजार, पुतलीसडक, पद्माेदय मार्ग हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । जुलुसमा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य सहित तीनवटै प्रदेशका पार्टी सदस्य र सार्थक शुभचिन्तक जनसमुदायको सहभागीता रहने उपत्यका विशेष प्रदेश समिति अध्यक्ष जगत सिंखडाले जानकारी दिए ।
माओवादी केन्द्रले यसपटक सडक जाम नगर्ने र राजधानी बाहिरबाट पैसा खर्च गरेर मानिस नउतार्ने बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पाैडेलले बताए । उनले वागमती प्रदेशका उपत्यका बाहिरका जिल्लाबाट स्वस्फूर्त रूपमा मानिसहरू आउन सक्ने बताए । पार्टीले कसैलाई पनि बाध्यत्म्म रूपले नल्याउने उनले बताए ।
सभामा पार्टी अध्यक्ष प्रचण्डले विशेष सम्वाेधन गर्ने र कार्यक्रम ४ बजे समापन गरिने बताइएको छ ।