सुशासन हल्लाबाजी र सुटिङको विषय होइन ः ओली

मूलखबर संवाददाता
काठमाडौं, ७ कात्तिक

प्रधानमन्त्री खडगप्रसाद ओलीले सुशासन हल्ला गर्ने विषय नभएको बताएका छन् । सरकारले १ सय दिन पुरा गरेको अवसरमा सम्वोधन गर्दै ओलीले आफ्नो सरकारले राम्रो काम गरिरहेको दावी गरे । उनले सुशासन हल्ल गर्ने र फिल्म सुटिङ गरेको जस्तो नभएको बताउँदै आफुहरुले सुशासनको प्षमा काम गरिरहेको दावी गरे । भ्रष्ट र विवादास्पद व्यापारी मिन बहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दान लिएर चौतर्फी आलोचना र बदनामीको शिकार भएका प्रधानमनत्री ओलीले सो दावी गरेका हुन् ।

ओलीले भने – “भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ। ‘भ्रष्टाचारी समातियो’ भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्धति बसाल्ने हाम्रो प्राथमिकता छ ।”, उहाँले भन्नुभयो, “भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको हामीले देखिरहेका छौं ।”

ओलीले अगाडि भने, – सहकारी ठगहरुलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।”