मनसुन बाहिरियाे तर बढ्दैछ चिसाे, सतर्कता अपनाओैं

मूलखबर संवाददाता
काठमाडौं, २९ असाेज २०८१

यस वर्षकाे मनसुन ढीला गरि बाहिरिएको छ । यस वर्षकाे मनसुन बाहिरिने अवस्था शुरू हुनै लाग्दा परेको अविरल वर्षाका कारण नेपालले धेरै धनजनकाे क्षति ब्यहाेर्नुपर्याे । तर अहिले मनसुन पुर्णरूपमा बाहिरिएको छ ।

असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको हाे । तर मनसुन बाहिरिएसँगै खुला आकाश भएकाले दिउँसो घाम लागेकाे छ तर साँझ र बिहान निकै चिसो महसुस गरिएको छ ।

संघीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ । ‘काठमाडौँमा चिसो निरन्तर रुपमा बढिरहेको छ”, मौसमविद अधिकारीले भने,’पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।’

महाशाखाको विवरणमा आइतबार काठमाडौँको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सिय पुगेको थियो । सोमबार १६ डिग्रिसेल्सियस छ । काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको उनको भनाइ छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।