आज दशैंकाे मुख्य दिन : टीकाकाे साइत ११:३६ मा, दिनभर टीका लगाउन मिल्ने

मूलखबर संवाददाता
काठमाडौं, २६ असाेज

आज असाेज २६ गते । २०८१ सालकाे दशैंबाे मुख्य दिन अरेथात टीका । यसलाई विजया दशमी पनि भनिन्छ ।

विजया दशमीको शुभसाइत बिहान ११ः३६ बजे रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभसाइत सार्वजनिक गरेको साइत अनुसार असोज २६ गते शनिबार विजया दशमीको दिन देवी बिसर्जन बिहान ८ः३३ बजे शुभ साइत रहेको छ ।

टीका लाइदिने (पूर्व मोहडा) र टीका लगाइ माग्ने पश्चिम फर्केर लगाउनु पर्ने छ । टीका लगाउने शुभसाइत बिहान ११ः३६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ ।

असोज ४ गते समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल, सदस्य प्राडा देवमणि भट्टराई र अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीद्वारा हस्ताक्षर गरिएको साइतमा सो कुरा उल्लेख छ ।