यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
थप ५७ हिमाल आरोहणका लागि खुला. मूलखबर संवाददाता काठमाडौं ५७ वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । योसँगै नेपालमा कूल ४ सय ६१ हिमाल आरोहणका लागि खुला भएको छ ।मन्त्रिपरिषद्को यही असोज २१ गतेको बैठकले आरोहणका लागि थप ७५ हिमाल खुला गर्न स्वीकृति दिएको हो ।. पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गरेको थियो । सोही अनुरुप पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले हिमाल आरोहणका लागि स्वीकृति दिएको छ ।. यसरी आरोहण खुला गरिएका हिमालमा पाँच हजार मिटरभन्दा माथि छ हजार पाँच सय मिटरसम्म कम उचाइका छन् । विभागले नेपाल पर्वतारोहण सङ्घ (एनएमए)सँगको सहकार्यमा थप हिमाल खुलाइएको हो ।. आरोहण योग्य हिमाल क्रमशःखुला गर्दै जाने सरकारको नीति बमोजिम नयाँ हिमाल आरोहण खुला गरिएको हो । सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख छ ।.
थप ५७ हिमाल आरोहणका लागि खुला
मूलखबर संवाददाता
काठमाडौं
५७ वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । योसँगै नेपालमा कूल ४ सय ६१ हिमाल आरोहणका लागि खुला भएको छ ।मन्त्रिपरिषद्को यही असोज २१ गतेको बैठकले आरोहणका लागि थप ७५ हिमाल खुला गर्न स्वीकृति दिएको हो ।
पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गरेको थियो । सोही अनुरुप पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले हिमाल आरोहणका लागि स्वीकृति दिएको छ ।
यसरी आरोहण खुला गरिएका हिमालमा पाँच हजार मिटरभन्दा माथि छ हजार पाँच सय मिटरसम्म कम उचाइका छन् । विभागले नेपाल पर्वतारोहण सङ्घ (एनएमए)सँगको सहकार्यमा थप हिमाल खुलाइएको हो ।
आरोहण योग्य हिमाल क्रमशःखुला गर्दै जाने सरकारको नीति बमोजिम नयाँ हिमाल आरोहण खुला गरिएको हो । सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख छ ।