सर्वोच्च अदालतकाे प्रधान न्यायाधीशमा सिंह नियुक्त

मूलखबर संवाददाता
काठमाडौं, २० असाेज

सर्वोच्च अदालतकाे प्रधान न्यायाधीशमा प्रकाशमान सिंह नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिमा सिंहलाई  प्रधानन्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले जानकारी दिए।

नवनियुक्त प्रधानन्यायाधीश राउतले आजै शपथ ग्रहण गर्नेछन्। त्यसका लागि राष्ट्रपति कार्यालयमा साढे १ बजेको समय तोकिएको सहायक प्रवक्ता पन्थीले बताए।