बुधबार काेशीमा अधिक वर्षा, बागमती र गण्डकीमा हल्का वर्षा हुने, यस्तो छ तीनदिने माैसम

मूलखबर संवाददाता
काठमाडौं, १५ असाेज

बुधबार काेशी प्रदेशमा वर्षा हुने र बाढिपहिराे आउन सक्ने सम्भावना देखिएकाे छ । माैसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणाली बिस्तारै उत्तर पश्चिम तिर सर्ने क्रममा रहेकोले भोलि मिति २०८१ /०६ /१६ दिउँसो देखि मिति २०८१ /०६ /१७ गते राती सम्मको लागि उक्त प्रणालीको प्रभाव रहने देखिन्छ ।

सो प्रणालीको कारणले गर्दा भोलि २०८१ असोज १६ गते (बुधबार) दिउँसो कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेश र बागमती प्रदेशका एक- दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।

भोलि राती कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको एक- दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।

साथै पर्सी मिति २०८१ असोज १७ गते (बिहीबार) दिउँसोको लागि कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र वागमती प्रदेशका एक- दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोलाः

http://mfd.gov.np/content/?id=6348