राष्ट्रिय शोक घोषणा, तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने

मूलखबर संवाददाता
काठमाडौं

असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाेक घोषणा गर्दै तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

धनजनको क्षतिप्रति सरकारले दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गरेको प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । आजसम्म बाढी–पहिरो र डुबानमा परेर दुई सय १७ को मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् ।