विपद राहत काेषमा कांग्रेसले ५० लाख सहयाेग गर्ने, सांसदकाे १५ दिनकाे तलब दिने निर्णय

मूलखबर संवाददाता
काठमाडौं, १३ असाेज

सत्तारूढ दल नेपाली कांग्रेसले सरकारकाे राहत काेषमा ५० लाख सहयाेग गर्ने निर्णय गरेको छ ।

उसले राहत र उद्धार कार्यमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय पनि  गरेको छ । बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

पीडितको सहयोगका निम्ति ५० लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको र यसका निम्ति कांग्रेसका सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।