माओवादी अध्यक्ष प्रचण्डद्वारा श्रीलंकाका राष्ट्रपतिलाई बधाई

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति एकेडीलाई बधाई र शुभकामना दिएका छन् ।

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री समेत रहेका प्रचण्डले सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्दै श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा कमरेड Anura Kumara Dissanayake, गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई हार्दिक बधाई तथा शुभकामना दिएका हुन् ।

सन्देशमा प्रचण्डले भनेका छन्- भ्रष्टाचार, आर्थिक संकट र भू-राजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु। उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध सुमधुर हुने विश्वास लिएको छु।