टिसर्ट पाइन्ट लगाएर ओेली गए कन्सर्टमा, बालेन समर्थक कुटीए

मूलखबर संवाददाता
काठमाडौं, ३ असाेज

दरबारमार्गमा आयाेजित नेेशनल डे कन्सर्टमा नेकपा एमाले अध्यक्ष ओली टिसर्ट र जिन्स पाइन्ट लगाएर पुगे । सुरक्षा स्राेतले सुरक्षा खतरा छ भनेपछि ओली छद्म युवा भेषमा कार्यक्रममा पुगेको प्रहरीले बताएको छ ।

ओली कार्यक्रममा पुग्दा ओली विरूद्व नाराबाजी भएको थियाे । त्यसपछि प्रधानमन्त्री केपी ओली समर्थकले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) समर्थक कुटेका छन् ।                                            

संविधान दिवसका दिन  नागरिकको नाममा एमाले कार्यकर्ताले आयेजना गर्को नेशनल डे कन्सर्ट कार्यक्रममा एक युवाले बालेनको पक्षमा नारा लगाएका थिए ।

त्यसपछि ती युवालाई ओली समर्थक युवाहरुको समूहले कुटपिट गरेको थियो । प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ गरेको छैन । कुटपिट व्यक्तिहरूको पहिचान नखुलेको काडमाण्डाै प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले बताए ।