उपसभामुख रानाविरुद्ध महाअभियोग लगाउने तयारी

मूलखबर संवाददाता
काठमाडौं

सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने तयारी गरेको छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आइतबारदेखि नै यसबारे छलफल भइरहेकोमा सोमबारको सत्तारुढ दलको बैठकमा थप छलफल भएको थियो।

उपसभामुख रानाले पदीय गरिमा कायम गर्न नसकेको आरोप सत्तारुढ दलहरूको छ। तर त्यसअघि पहिला आफैले मार्ग प्रशस्त गर्न आग्रह गरिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन् ।

महाअभियोगबारे लगाउने भनेर निर्णयमै भने पुगिनसनेको उनले बताएका छन् । ‘महाअभियोगबारे निर्णयमै पुगसकेका चाहिँ छैनौं’, बर्तौलाले  भने, ‘उहाँले उसभामुखको गरिमा राख्नुभएन। आचरण विपरीतका काम गरिरहनुभएको छ। पदीय मर्याद अनुसारको आचरण नगरेकाले उहाँ हट्नुपर्छ भन्ने हो। आफैँले मार्ग प्रशस्त गर्दा राम्रो भन्ने हाम्रो आग्रह हो।’