पिपुल्स डेलीकाे मिडिया फाेरम  र बीआरआईले बदलेकाे विश्व

सन्तोष पाैडेल
काठमाडौं

यदि सहि विचार र नेतृत्व भयाे भने आफुसँग नभएको चिज पनि प्राप्त हुन्छ भने सहि विचार र नेतृत्व भएन भने आफुसँग भएको चिज पनि गुम्छ – अध्यक्ष क. माओत्सेतुङ

माओले भनेझैं चिनले अहिले राष्ट्रपति तथा चिनियाँ कम्मुनिष्ट पार्टीका महासचिव सि जिन पिङकाे विचार र नेतृत्वमा विश्वले नसाेचेकाे उपलव्धिहरू हाँसिल गरिरहेकाे छ ।  मैले पिपल्स डेलीकाे निमन्त्रणा र आयाेजनामा भदौ दाेस्राे हप्ता चिनकाे सिचुवान प्रान्तमा कार्यक्रममा मुलखबर डटकमकाे सम्पादककाे रूपमा सहभागी हुने अवसर प्राप्त गरें ।  बेल्ट एण्ड राेड इनिसियटिभ सम्वन्धी मिडिया फाेरम नाम दिइएको साे कार्यक्रम चिनकाे सिचुवान छेन्दुमा रहेकाे इनटरनेशनल कन्फेरेन्स हलमा अगष्ट २८ र २९ गते भएको थियाे । विश्वका करिब ८० देशका २ सय भन्दा वढि प्रतिनिधिसहित ५ सय बढि सहभागी भएको साे कार्यक्रम उपस्थिति र विषयकाे बहसकाे हिसाबले अत्यन्तै महत्त्वपूर्ण र उपलब्धिपुर्ण रहेकाे थियाे ।

पत्रकार, मिडिया सम्पादक, सञ्चालक, व्यवसायी र विभिन्न क्षेत्रका विज्ञ तथा राजनीतिक व्यक्तित्वहरूकाे सहभागीता रहेकाे साे फाेरमले चिनिया राष्ट्रपति सि ले अगाडि बढाईरहेकाे बेल्ट एण्ड राेड इनिसियटिभका बहुआयामिक पक्षहरूकाे बारेमा बुझ्ने अवसर प्राप्त भयाे ।

चिनले विज्ञान र प्रविधिमा गरेकाे चामत्कारीक विकासकाे बारेमा मात्रै हाेइन बिआरआईले अन्य देश र विशेषगरी अफ्रिकी मुलुकहरूमा ल्याएकाे आर्थिक सामाजिक रूपान्तरण र कायाकल्पका विषयमा यथेष्ट जानकारी प्राप्त भयाे । अफ्रिकी मुलुकहरू कसरी दुखद जिवनबाट आज समृद्धि तर्फ जाँदैछन् र बीआरआईले कस्ताे भुमिका खेलेकाे छ भन्ने कुरा स्वयं ती देशका डेलिगेटहरूले बताइरहँदा चिन र सि प्रति सम्मान व्यक्त गर्न मन लाग्याे ।

बेल्ट एण्ड राेड इनिसियटिभले आर्थिकसामाजिक रूपमा मात्रै हाेइन जनतादेखि जनतासम्मकाे सम्वन्धलाई पनि विहेष महत्त्व दिएको पाइयाे । यसले पुर्वाधार विकास, बहुपक्षीय कनेक्टिभिटि र दिर्घकालिन हितका विषयमा विकासाेन्मुख र अल्पविकसित देशहरूमा उत्कृष्ट काम गरिरहेकाे पाइयाे ।  कार्यक्रम व्यवस्थापनका हिसाबले मात्रै हाेइन युवा र विशेषगरी महिला विद्यार्थी भाइबहिनिकाे सक्रियताकाे हिसाबले उत्कृष्ट रहेकाे थियाे । प्रतिवद्व युवाहरूकाे पंक्ति, नियमपालना र कमाण्डिङमा महिलाहरूकाे नेतृत्व प्रसंसालायक थियाे । विश्वभर महिलाहरूकाे सहभागीता र नेतृत्वमा संकटकाे चर्चा चलिरहेका बेला याे एउटै कार्यक्रममा चिनका युवा महिलाहरूकाे नेतृत्व र सक्रियता लाेभलाग्दाे मात्रै हाेईन अनुकरणिय र सम्मानयाेग्य थियाे ।

चिनले आफ्ना कला संस्कृतिकाे जगेर्ना , उपयाेग , परिचालन र प्रचारमा कति ध्यान दिएकाे रहेछ भन्ने कुरा यस भ्रमणमा नजिकबाट बुझ्ने माैका मिल्याे । चिनले इतिहासकाे विरासत र वर्तमानकाे विकासकाे सम्वन्धलाई पनि याे कार्यक्रमले प्रष्ट्याउन सफल भएको छ ।

कार्यक्रममा  पाकिस्तान, मलेसिया, श्रीलंका, लाओस,  नेपालदेखि एशिया, युराेप, अफ्रिका र ल्याटिन अमेरिकाका देशमा बीआरआईमार्फत चिनले गरेकाे विकास र प्रयासका बारेमा जानकारी दिइएको थियाे ।

कार्यक्रम चिनियाँ कम्युनिस्ट पार्टीका स्थायि समिति सदस्य एवम् प्रचार विभाग प्रमुख लि सुलेइले विशेष सम्वाेधन गरेर शुरू भएको थियाे । उनलेे राष्ट्रपति सि कै अवधारणामा बीआरआईकाे शुरूवात भएको र त्यसलाई पार्टीको नेतृत्वमा समृद्ध पार्ने काम भएको बताएका थिए । उनले बीआरआई सरकार र चिनिया जनताकाे मात्रै चासाेकाे विषय नभएर विश्वभरका उत्पिडित राष्ट्र र जनताकाे साझा चासाे हुन पुगेको बताएका थिए । उनलेे बीआरआईका कार्यक्रमहरू सफल पार्न मिडियाले महत्त्वपूर्ण भुमिका खेल्न सक्ने बताएका थिए ।

पिपुल्स डेलिका अध्यक्षकाे अध्यक्षतामा भएको कार्यक्रममा ३ वटा प्यानल सेसनमा छलफल गरिएको थियाे ।  पहिलो सेसनमा बीआरआई मिडिया पर्सपेक्टिभ शिर्षकमा भएको प्यानल छलफलमा नेपालका राससका सरदचन्द्र भण्डारी, सिंगापुरका सिंगापुर लाहाने जाओवाओका एशाेसियट इडिटर याेङ हाङ हेन, इथियाेपियाका न्युज एजेन्सीका डेपुटी सिइओ नेगासी अम्बे अबे, डेनमार्कबा द काेपेनहेगन पाेष्टका प्रकाशक जेस्पर स्किल र चिनका सिचुवान इन्टरनेशनल कम्युनिकेशन सेन्टरका पत्रकार जाओ युगीले आफ्नो धारणाा प्रश्नाेत्तरमा राखेका थिए । यश सेसनकाे सहजिकरण पिपल्स डेलीका पत्रकार लि बाेउनले गरेका थिए ।  प्यानलिष्ट बक्ताहरूले बीआरआईले विभिन्न देशहरूमा गरेकाे र गर्न खाेजेकाे विकासले त्यस क्षेत्रका देश र जनताकाे आर्थिक सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भुमिका खेलेकाे बताएका थिए ।

पिपल्स डेली र सिचुवान सरबारकाे सहकार्यमा भएको कार्यक्रममा दाेश्राे सेसनमा मेराे बेल्ट एण्ड राेड स्टाेरीज विषयमा छलफल भएको थियाे उक्त कार्यक्रममा पाकिस्तानका इब्राहिम, न्युजिल्यान्डका एण्डे बाेरेहाम,  चिनबाट ली जियाटियानले आफ्नो स्टाेरी सुनाएका थिए भने सिंगापुरबाट संगित डाइरेक्टर बेन्जामिन लिम यी र चिनकाे चाइना इनर्जी इन्टरनेशनल ग्रुपका मार्केटिङ म्यानेजर फ्यान सुहेङले आफ्नो धारणा र अनुभव सुनाएका थिए । यस सेसनकाे सहजिकरण चिनका पत्रकार जान हुइलानले गरेकी थिईन् ।

दुई दिन सम्म चलेकाे फाेरममा तेस्रो सेसन बीआरआई : द नेक्स डिकेड वा आगामी दशकमा बीआरआईकाे अवस्था कस्तो हाेला भनेर छलफल चलाइएकाे थियाे । यसमा भाग लिने बक्ताहरूले बीआरआईकाे बहुआयामिक पक्षको चर्चा गर्दै आगामी दशक बीआरआईकाे दशक हुने बताएका थिए ।

कार्यक्रममा सहभागिहरूले कार्यक्रम भव्य, व्यवस्थित, मर्यादित र अनुकरणिय भएको प्रतिक्रिया दिएका थिए । एक सहभागिकाे आँखाबाट हेर्दा र अनुभुति गर्दा याे कार्यक्रम विषयवस्तुकाे हिसावले उपस्थितिकाे र सहभागिताकाे हिसावले र समय सन्दर्भकाे हिसाबले, व्यवस्थापनकाे हिसावले उत्कृष्ट, भव्य, सभ्य र पुर्ण सफल भएको छ ।