आज संसदको बैठकमा टिआरसी विधेयक प्रतिवेदन प्रस्तुत हुने, यस्तो छ कार्यसूची

मूलखबर संवाददाता
काठमाडौं, २९ असार ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकमा टिआरसी सम्बन्धी समितिको प्रतिवेदन विधेयक  प्रस्तुत हुने भएको छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन २०८०’ पेस गर्ने छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने तयारी छ ।

यसैगरी, बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रपतिको कार्यालयको पत्र

ज्ञ। सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर
सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र

द्द। सम्माननीय सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप
सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने ।

वार्षिक प्रतिवेदन पेश

घ। पूर्वाधार विकास समितिका माननीय सभापति दिपक बहादुर सिंहले “पूर्वाधार विकास समितिको
वार्षिक प्रतिवेदन, २०८०” पेश गर्नुहुने ।
द्ध। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मर बहादुर थापाले “शिक्षा,
स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१” पेश गर्नुहुने ।

समितिको प्रतिवेदन पेश

छ। कानून, न्याय तथा मानव अधिकार समितिका माननीय सभापति विमला सुवेदीले “बेपत्ता
पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक
सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेश गर्नुहुने ।