रास्वपाले माग्यो विधान शंशोधनको लागि सुझाव

मूलखबर संवाददाता
काठमाडौं, २४ साउन ।

नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो पार्टीको विधान संशोधनको लागि सुझाव मागेको छ ।
पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा थप प्रभावकारी बनाउने उद्देश्यले विधान संशोधन गर्न लागेको रास्वपाले जनाएको छ।

विधान संशोधनका लागि महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ११ सदस्यीय ‘विधान संशोधन सुझाव कार्यदल’ गठन गरेको रास्वपाले सुझाव संकलन गर्ने भएको हो ।

कार्यदलमा केन्द्रीय समितिका डा। तोसिमा कार्की, सोविता गौतम, गणेश कार्की, पुकार बम, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी एवं केन्द्रीय विभागका नारायण घिमिरे र शंकर श्रेष्ठ सदस्य छन्।