बिहिबारकाे शेयर : नेप्से घट्दा पनि काराेबार घटेन

मूलखबर संवाददाता
काठमाडौं, १७ साउन

नेप्से परिसूचक दुई हप्तामा निरन्तर आकाशिएकाे छ । तर आज केही अंक कम भएपनि काराेबार बढेकाे छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.२९ अंक घटेको हो । परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य छ । अघिल्लो दिन २१ अर्ब ९१ करोडको कारोबार भएर उच्च रेकर्ड बनेको थियो । यस दिन भने २१ अर्ब ७१ करोडको कारोबार भयो ।

बिहीबार कारोबार भइरहँदा १२ : ३७ बजे २८०५ अंकसम्म पुगेको सेयर बजार अन्ततः २७५५ अंकमा झरेर बन्द भएको हाे।

बिहीबार ७४ कम्पनीको मूल्य बढ्दा १६४ कम्पनीको मुल्य घट्यो भने ३ कम्पनीको मुल्य स्थिर रहेको छ ।  बिहीबार बीमा सेक्टरले बजारमा नेतृत्व गरेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ३.६९ प्रतिशत तथा निर्जीवन बीमा १.७४ प्रतिशत बढ्यो । लगानी २.७४, फाइनान्स १.७७, होटल तथा पर्यटन ०.३५ प्रतिशत बढे ।