अघिल्लो सरकारले उठाएको मुद्धाहरु नउल्ट्याइयोस : सांसद तामाङ
प्रतिनिधिसभा सदस्य मिना तामाङले अघिल्लो सरकारले उठाएका मुद्धाहरु नउल्ट्याउन सरकारलाइ खबरदारी गरेकी छिन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद तामाङले माओवादी नेतृत्वको सरकारले उठाएको सुसासनका मुद्धाहरु उल्ट्याउन खोजेको भन्ने समाचार आएकोले त्यसो नगर्न चेतावनी दिएकी हुन् ।
उनले माओवादीले ल्याएको परिवर्तनमा गठबन्धनको नाम्लो पालैपालो बोकेर बनेको सरकारले परिवर्तनका एजेण्डा उल्टाउने अधिकार नराख्ने बताइन् । उनले सरकार काण्डै काण्डले भरिएको भन्दै जनताले नयाँ अपेक्षा गर्न नसक्ने बताइन् ।