नक्कली हस्ताक्षर र कागजात बनाई जापान मानव तस्कर गर्ने लामा पक्राउ

मूलखबर संवाददाता
काठमाडौं, १४ साउन

नक्कली हस्ताक्षर र कागजात बनाई जापानमा मानव तस्करी गरेको अभियाेगमा समीर लामा पक्राउ परेका छन् । उनलाई त्रिभुवन विमानस्थल काठमाडौंबाट प्रहरीले पक्राउ गरेकाे हाे ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले यस विषयमा प्रेस वक्तव्यमार्फत जानकारी दिएकाे छ ।

लामालाई नेपाल फिर्ता पठाउनका लागि एनआरएनए जापानको अग्रसरतामा मिति २०२४ जुलाइ २७ तारिखको नारिता काठमाडौको उडानमार्फत आवश्यक व्यवस्था गरि बोर्डिंग पास समेत लिई सकेको अवस्थामा निज लामा सो उडानमार्फत नेपाल नफर्की लुकिछिपी बस्ने प्रयत्न गरेको र उक्त प्रयत्नलाई एनआरएनए जापानको नेतृत्वमा असफल पारी २०२४ जुलाइ २९ तारिखका दिन पुन नेपाल एयलाइन्सको उडानमार्फत नेपाल पठाइएकाे र पक्राउ गरिएको परिषद्ले जानकारी दिएको छ ।

समन्वय परिषदले भनेको छ-  यसका पदाधिकारीको नाम जोडेर फर्जी कागजात गराई एनआरएनए जापानको नाम र अन्य आवश्यक फर्जी कागजात बनाई ती कागजातमा स्पोन्सर गर्ने आवेदकको नाममा एनआरएनए जापानका अध्यक्ष र उपाध्यक्षको नाम र हस्ताक्षर गरि नेपाली नागरिकलाई पर्यटन भिसामा जापान ल्याउन (अहिलेसम्म प्राप्त जानकारीको आधारमा) मुख्य भूमिका निर्वाह गरेका समिर लामा नाम गरेका व्यक्तिलाई २०२४ जुलाइ २९ तारिखका दिन नेपालस्थित त्रिभुवन विमास्थलबाट नेपाल प्रहरीले गिरफ्तार गरेको जानकारी गराउँदछौं ।

निज लामालाई नेपाल फिर्ता पठाउनका लागि एनआरएनए जापानको अग्रसरतामा मिति २०२४ जुलाइ २७ तारिखको नारिता काठमाडौको उडानमार्फत आवश्यक व्यवस्था गरि बोर्डिंग पास समेत लिई सकेको अवस्थामा निज लामा सो उडानमार्फत नेपाल नफर्की लुकिछिपी बस्ने प्रयत्न गरेको र उक्त प्रयत्नलाई एनआरएनए जापानको नेतृत्वमा असफल पारी २०२४ जुलाइ २९ तारिखका दिन पुन नेपाल एयलाइन्सको उडानमार्फत नेपाल पठाइएकाे र नेपालको विमानस्थल पुग्न साथ नेपाल प्रहरीले निज लामालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी गराउदछौं ।

एनआरएनए जापानका पदाधिकारी एनआरएनएका अभियन्ता सहितकाे नाममा एनआरएनए जापानको नामबाट नक्कली स्पोन्सर लेटर तयार पारी पर्यटक भिसा (Tourist Visa) मा केहि नेपाली नागरिकलाई जापान भित्र्याइएको बारेमा जानकारी प्राप्त हुनासाथ यस बारेमा आवश्यक सत्य तथ्य सूचना संकलन गर्दा यस खालको अपराधजन्य कार्यमा हाल प्राप्त सूचनाका आधारमा निज लामाको नेतृत्वमा सो कार्य भएको पाइएको र एनआरएनए जापानद्वारा सो को बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा स्वयम् उपस्थित भै उक्त फर्जी कागजात गराई केही नेपालीलाई जापानमा ल्याएको स्वीकार गरिसकेका छन्। सोहि तथ्य लगायतका आधारमा नेपाल प्रहरीले निज लामालाई पक्राउ गरिएको विश्वास हामीले लिएका छौं ।

यस संस्था र संस्थाका पदाधिकारीको नाम जोडेर फर्जी कागजात गराउने आरोपित लामामार्फत यस कार्यमा संलग्न हुने गिरोहलाई नेपालको प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्नु हुनका लागि सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं ।

संस्थाको नाम र संस्थामा आबद्ध रहेका पदाधिकारीहरुको नामको दुरुपयोग गरि फर्जी कागजात बनाई यस खालको जघन्य अपराध गरेको हुनाले यस संस्था र संस्थासँग सम्बन्धित कोहि व्यक्ति पनि कुनै प्रकारको कार्यमा संलग्न नरहेको पुन स्पष्ट पार्दै त्यसखालको भ्रममा नपर्नका लागि सम्पूर्णमा अनुरोध समेत गर्दछौं ।