त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना, आगो नियन्त्रणको प्रयास

मूलखबर संवाददाता
काठमाडौं, ९ साउन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौंबाट पोखरा उड्ने क्रममा रहेको विमान दुर्घटनामा परेको हो । दुर्घटनाका कारण विमानमा आगो लागेको छ भने क्षतीको थप विवरण आउन बाँकी छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

जहाज उड्ने क्रममा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।