नेप्सेले पार गर्याे २५ सय अंक, १४ अर्ब बढिकाे काराेबार

मूलखबर संवाददाता
काठमाडौं, ८ साउन

मंगलबार नेप्सेले मनोवैज्ञानिक विन्दु पार गरेको छ।

सोमबार पटक–पटक २५ विन्दु भेट्दै ओर्लिंदै गरेको नेप्सेले मंगलबार यो तह पार गरेको हो।

आज नेप्से ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा बन्द भएको छ।

नेप्से परिसूचक २८ महिनायताकै उच्च विन्दुमा पुगेको हो। यसअघि २०७८ चैत १६ गते २५६८ विन्दुमा नेप्से पुगेको थियो। त्यसयताको आज उच्च विन्दु हो।

मंगलबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

सोमबार १३ अर्ब ९१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार १४ अर्ब ११ करोड ६३ लाख रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २० करोड रूपैयाँ वृद्धि भएको हो।